मतगणना नसकिएसम्म कटारी नगरको सम्पूर्ण काम बन्द

उदयपुरको कटारीमा मतगणनाको कारणले गर्दा नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधा काम बन्द गरिएको छ । आज बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुरा बताएको हो ।

कटारीका प्रमुख प्रशासकिय अधिकृतका अनुसार नगरपालिका कार्यालमा मत गणना गरिने भएकाले अत्यावश्यक कामबाहेका सबै सेवा सुविधा अनिश्चितकालका लागि बन्द गरिएको बताएका छन् ।

उक्त बन्द अवधिमा सेवाग्राहीलाई हुने कठिनाइप्रति नगरपालिकाले क्षमाप्रार्थी रहेको समेत सूचनामा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २२:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया