जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता सुरुदेखि नै बढिरहेको छ ।
ताजा मत परिणामअनुसार मनोजले १० हजार १२५ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हीराले ८ हजार ३६२ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साह ४ हजार ४३ मत प्राप्त गरी तेस्रो स्थानमा पुगेका छन् भने सुरुदेखि तेस्रो स्थानमा रहेका लोसपाका मनोज चौधरी ३ हजार ९९२ मतसहित चौथो स्थानमा पुगेका छन् ।
सुरुदेखि चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ हजार १४६ मत प्राप्त गरी पाँचौ स्थानमा पुगेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार ५६३ मत पाएका छन् । त्यस्तै, जनमतकी अनिता देवीले १ हजार १९७ र तमलोपाकी बिभा ठाकुरले ९१९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ११ हजार ६१६, नेकपा एमालेकी रूणा झाले ९ हजार ४७८, लोसपाकी रिताकुमारी मिश्रले ४ हजार १२० र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार ९४३ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।