कृतिका मरासनी बनिन् यु-१९ महिला टोलीको कप्तान

यु–१९ महिला क्रिकेट टोलीको कप्तानमा कृतिक मरासनी नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको छ । 

आइसिसी यु–१९ महिला विश्वकप छनोटअघि उनलाई कप्तान चयन गरिएको हो । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार छन् । छनोट आगामी ४ जुनबाट सुरु हुनेछ । नेपालले छनोटका लागि १८ सदस्सीय टोली घोषणा गरिसकेको छ ।

नेपाली टोली : किरण कुँवर, सोनु राजवंशी, टीका शाह,सृष्टि धामी, कृतिका मरासनी, सावित्री धामी,अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरन्मायी रोय, अलिशा खाडिया, ज्योतनिस्का मरासनी, मिनिशा उपाध्याय, स्नेहा महरा, निशा शाह, मिनिशा राना मगर, प्रतिमा शाह र मनीषा चौधरी ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १४:१०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया