कांग्रेस महामन्त्री शर्माको गृहनगरमा हार्‍यो कांग्रेस, मेयर/उपमेयरमै एमालेका उम्मेदवार विजयी

झापाको मेचीनगर नगरपालिकाको प्रमुख/उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपमेयरमा मीनाकुमारी पोखरेल विजयी भएका हुन् । 

मेयरमा निर्वाचित बुढाथोकीले २६ हजार ४ सय ७८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत मात्रै ल्याए । मेचीनगर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर पनि हो । पराजित बुढाथोकी शर्मा मानिन्छन् ।

मेचीनगरमा कांग्रेसले माओवादीसँग तालमेल गरेको थियो । यसका बाबजुद पनि उसले जित निकाल्न सकेन । त्यस्तै, उपमेयर एमालेकी पोखरेल २१ हजार ५ सय ९० मतका साथ विजयी भइन् । उनका प्रतिस्पर्धी माओवादीका प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत मात्रै प्राप्त गरे ।   





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ७:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया