बालेनले कटाए ५९ हजार मत, अब तीन वडाको नतिजा आउन बाँकी

काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ५९ हजार मत कटाएका छन् । १ लाख ८३ हजार ६७९ मत गणना हुँदा बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका हुन् । 

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ३५४ मत प्राप्त गरेका छन् ।

पाँचौं स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५५६५ मत पाएका छन् । विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ६३० मत मात्र ल्याएकी छन्  

मेयर पदका अन्य उम्मेदवारले यो समाचार तयार पार्दासम्म १४३७ मत प्राप्त गरेका छन् । अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ  । अब वडा नम्बर १४, १५ र १६ को अन्तिम मत परिणाम मात्र आउन बाँकी छ । 
   





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार ८:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया