काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेकी छन् । उनले बागदरबारस्थित महानगरपालिका कार्यालयमा उपमेयरको पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब व्यक्तिगत भन्दा संस्थाको सफलतामा ध्यान दिनुपर्ने बताइन् । टिम वर्कबाट काम गर्नुपर्ने उल्लेख गर्दै उनले अब संस्थाको सफलताबारे ध्यान दिनुपर्नेमा जोड दिइन् ।
‘जो जुन दलबाट आए पनि स्वतन्त्र भए पनि अब टिम वर्कबाट काम गर्नुपर्छ । व्यक्तिको सफलता/असफलता होइन संस्थाको सफलताबारे ध्यान दिनुपर्छ । काठमाडौं महानगरपालिका सफल भए हामी सफल हुन्छौं,’ उपमेयर डंगोलले भनिन् ।
उनले आफूले पाएको सबै अधिकार पूरा गर्ने प्रतिबद्धता पनि जनाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।