अभिनेत्री शर्मालाई हरितारा चलचित्र पुरस्कार

परिवर्तन नेपालले हरितारा चलचित्र पुरस्कारद्वारा अभिनेत्री मिथिला शर्मालाई सम्मान गरेको छ । 

बुधबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हरितारा चलचित्र पुरस्कारद्वारा शर्मालाई सम्मान गरेको हो । दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार र चेतन कार्की स्मृति पुरस्कारद्वारा पनि चलचित्र क्षेत्रमा विशेष योगदान दिएका कलाकारलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा अभिनेत्री मिथिला शर्माले कुनै पनि संस्था र व्यक्तिले दिएको सम्मानलाई सम्मानपूर्वक चलाइरहनु पनि अर्को ठूलो अभियान भएको बताइन् । यस्ता सम्मानले लामो समय चलचित्र क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गराउने उनले बताइन् । 

त्यस्तै, कलाकार मदनदास श्रेष्ठले कार्यक्रमले नारी शक्तिलाई सम्मान गरेकोमा खुसी लागेको बताए । कलाकारहरु अवसरवादी हुने गरेको भन्दै उनले पाउनुपर्ने व्यक्तिले उचित सम्मान पाउन नसकेको बताए । कलाकारहरुलाई पनि राजनीतिक विभाजन र सीमाबद्ध गरिएको आरोप लगाउँदै श्रेष्ठले राजनीतिक दलहरुले कलाकारमा विखण्डन ल्याएर एकरुपता बन्न नदिएको बताए । 

त्यस्तै, अभिनेत्री करिश्मा मानन्धरले पनि कलाकारहरु एकताबद्ध हुन नसकेको बताइन् । पुराना कलाकार सबै एकताबद्ध रुपमा अघि बढेपनि नयाँ कलाकारमा मनमुटाव र अहंता बढेको उनले बताइन् ।

हास्यअभिनेत्री दीपाश्री निरौलाले हरिताराको सहयोगले नै आफूलाई कलाकार बन्न सहयोग गरेको बताइन् ।  कलाकारिताको क्षेत्रमा विशेष सहयोग पुर्याउने तर भौतिक रुपमा संसारमा नरहेका कलाकारहरुलाई जीवित राख्ने काम गर्नुपर्ने उनले बताइन् । 



त्यस्तै अभिनेत्री रेखा थापाले सफल मानिसको पछाडि दुःख र संघर्ष धेरै हुन्छ भन्ने कुरा नयाँ पुस्ताले स्मरण गर्न आवश्यक रहेको बताइन् । चलचित्र क्षेत्रको साझा इतिहास बनाउन चाहने भए सबैले एकअर्कामा हातेमालो गरेर अघि बढ्नुपर्ने उनले बताइन् । 

सम्मान समारोहमा हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान गरी करिब एक दर्जन चलचित्र क्षेत्रमा योगदान पुर्याएका कलाकार एवं रंगपत्रकारलाई प्रदान गरिएको थियो ।



  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १९:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया