पाकिस्तानको रेस्टुरेन्टमा आलियाको तस्बिर राखेपछि हंगामा

बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘गंगूबाई काठियावाडी’ विश्वभरका दर्शकले मन पराए । फिल्मको सुरुवाती दृश्य होस् वा क्लाइमेक्स या कुनै अन्य दृश्य नै किन नहोस्, सबै दृश्यमा एक यौनकर्मीको संघर्ष देखाइएको थियो । 

फिल्ममा एक दृश्य छ, जहाँ गंगूबाई बनेकी आलियाले कोठी बाहिर ग्राहकलाई बोलाउँछिन् । यही दृश्यको तस्बिरले पाकिस्तानमा हंगामा भएको छ । 

पाकिस्तानको एक रेस्टुरेन्टले आफ्नो मार्केटिङका लागि आलियाले ग्राहक बोलाउँदै गरेको तस्बिर प्रयोग गरेपछि त्यसको तीव्र आलोचना भएको छ ।

‘आउन राजा–किन पर्खिरहेका छौ ? आउनू र सोमबार झुलनमा पुरुषका लागि दिइने मूल्यमा २५ प्रतिशत छुटको लाभ उठाउनू’, रेस्टुरेन्टले आफ्नो विज्ञापनमा लेखेको छ । 

रेस्टुरेन्टले ग्राहकलाई आकर्षित गर्न नयाँ तरिका अपनाए पनि ‘गंगुबाई काठियावाडी’बाट आलियाको तस्बिर राखेकोमा सबैले आपत्ति जनाएका छन् ।

रेस्टुरेन्टको यो शैलीप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । ‘तपाईं विज्ञापनका लागि यति पीडादायक दृश्य कसरी प्रयोग गर्न सक्नुहुन्छ ?’ एक प्रयोगकर्ताले लेखेका छन् ।
 
त्यस्तै, अर्का प्रयोगकर्ताले ‘तपाईं मानिसहरूलाई किन गलत सन्देश दिनुहुन्छ ? यो निकै खराब बजार रणनीति हो’ भनी लेखेका छन् ।



आफ्नो मार्केटिङ नीतिप्रति तीव्र आलोचना भएपछि रेस्टुरेन्टले स्पष्टीकरण दिएको छ । उसले कराँचीमा प्रकाशित पत्रिकाको कटिङ सेयर गर्दै ‘यो एक अवधारणा मात्र हो । कसैको भावनामा आहत गर्नु हाम्रो उद्देश्य थिएन । यो फिल्म र यो पोस्ट एक कन्सेप्टमा आधारित छ । पहिलेको जस्तै हाम्रो रेस्टुरेन्ट सबैका लागि खुला छ र हामी त्यही प्रेमले सबैलाई सेवा दिन्छौँ’ भनी लेखेको छ ।



  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १७:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया