विप्लव भन्छन्– कम्युनिष्ट शक्तिबीच एकता हुनसक्छ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका अन्य कम्युनिष्ट दलसँग एकताको सम्भावना रहेको बताएका छन् । सोमबार जुम्लामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुनसक्ने बताएका हुन् ।

‘कम्युनिष्ट एकताको ढोका खुला छ । तर, सच्चा कम्युनिष्टसँग मात्र एकता र सहकार्य हुनसक्छ,’ उनले भने ।

आफ्नो पार्टीमा पनि समस्या आएको स्वीकार गर्दै विप्लवले देशभर कार्यकर्तालाई आश्वस्त पार्न प्रशिक्षण दिन जुम्ला आइपुगेको बताए । उनले आगामी असोजमा नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन हुने जानकारी दिए ।  





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ९:२८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया