र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले पाएको लोकप्रियतापछि निर्माण समूहले नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने घोषणा गरेको छ । निर्माण समूहले बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी दिएको हो ।

डिजिटल अडिसन २ जुलाइसम्म हुनेछ । आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेटभन्दा माथिको भिडियो पठाउनु पर्ने उल्लेख गरेको छ । निकेश खड्काले निर्देशन गर्ने कार्यक्रममा सुदीप पोखरेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । 

शोमा मानस घले र कवि जी निर्णायकको रूपमा रहनेछन् भने अर्का एक निर्णायक पनि छिटै नै घोषणा गर्ने निर्माण समूहले बताएको छ । कार्यक्रमको सहनिर्मातामा मनोज सापकोटा छन् भने कार्यक्रम सञ्चालन कोइन्च जीले गर्नेछन् । 

शो आगामी साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यकारी निर्माता पोखरेलले कार्यक्रम एउटा डिजिटल प्लेटफर्ममा राम्रो छाप छोड्न सफल भएको र राम्रो उत्पादन गर्न पनि सफल भएको बताए ।

शोको विजेताले पाँच लाख रूपैयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्ने निर्माण समूहले बताएको छ ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १३:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया