प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएकोप्रति मन्त्री आलेले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
फाइल तस्वीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहेका उनले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचना प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग गरे । 

‘सम्माननीय प्रधानमन्त्रीज्यू, साहित्य र संस्कृतिसँग जोडिएको विभिन्न प्रतिष्ठानलाई बजेटलाई गतवर्ष तुलना यसपालिको बजेट उपेक्षा गरिएको छ । यसै प्रज्ञा प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचना प्रकाशित गरिएको छ । तथापि बजेटको सिलिङमा अर्थ मन्त्रालयले घटाएर पठाएको छ । थप कृति र रचनाको प्रकाशनको निमित्त थप बजेट आवश्यक रहेको कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई म जानकारी गराउन चाहन्छु,’ उनले भने ।

मन्त्री आलेले नेपाल–प्रज्ञा प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको कामहरुको प्रशंसा गरे ।
 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १३:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया