काठमाडौं आइपुगे नवनियुक्त भारतीय राजदूत श्रीवास्तव

गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त भएका भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन्।

नियुक्त भएको एक महिनापछि श्रीवास्तव शनिबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनी नयाँदिल्लीबाट भिस्तरा एयरको उडानमार्फत काठमाडौं आइपुगेका हुन्।    

राजदूत श्रीवास्तवलाई भारतीय राजदूतावासका नियोग उपप्रमुख एवं कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी नामग्य सी खम्पा, दूतावासका अधिकारी र शुभेच्छुकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

श्रीवास्तव चिनियाँ मामिला जानकार हुन्। उनले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन्। यसअघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीका रुपमा श्रीवास्तवले पूर्वी एसिया डेस्क हेरिरहेका थिए। 

निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएका छन् । उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको हो । 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १७:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया