रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसले आगामी महिनाभित्र छोटो दूरीको आणविक हतियारयुक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएका छन् ।
उनका अनुसार ‘इस्कन्डर–एम’ प्रणालीले ब्यालेस्टिक र क्रुज मिसाइल दुवै प्रहार गर्न सक्छ । यो आणविक र गैरआणविक मिसाइल दुवै सक्षम छ । मिसाइल प्रणालीको दायरा ५०० किलोमिटरसम्म छ ।
२४ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेपछि रुस र पश्चिमबीच तनाव बढेको छ । बेलारुस पनि युक्रेनको छिमेकी राष्ट्र हो ।
पुटिनले त्यसयता धेरै पटक आणविक हतियारको उल्लेख गरिसकेका छन्, जुन सुरुमा पश्चिमी देशहरूविरुद्ध खतरा मानिएको थियो । सेन्ट पिटर्सबर्गमा पुटिनले रुसले बेलारुसलाई एसयू–२५ लडाकु विमानहरू विकास गर्न मद्दत गर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।