स्थानीय तह निर्वाचनको लोकप्रिय मत संसदीय निर्वाचन जित्ने आधार हो : पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेले लोकप्रिय मत पाएको बताउँदै संसदीय निर्वाचन जित्ने आधार पनि तयार भएको बताएका छन् । उनले स्थानीय तहको निर्वाचनको नतिजाले पार्टीलाई प्रदेश र प्रतिनिधिसभाको चुनाव जित्ने आधार तयार गरेको बताएका हुन् । पार्टीको जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय कमिटी बैठकमा बोल्दै महासचिव पोखरेलले जनमत बढेकाले चुनाव जित्न सहज हुने बताए ।

‘गठबन्धन भएको स्थानमा एमालेको धेरै मत आएको छ,’ महासचिव पोखरेलले भने, ‘स्थानीय तहको चुनावको परिणामले एमालेलाई चुनावको सामना गर्ने सामर्थ्य पनि बढाएको देखियो । अब केही प्रतिशत मत वृद्धि गर्ने हो भने स्वभाविक रूपमा चुनाव सजिलै जित्नसक्ने आधार तयार भइसकेको छ ।’

महासचिव पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले जित्न सक्छ भन्ने मनोविज्ञान जनतामा पैदा गर्न नसक्दा सोचे जस्तो परिणाम नआएको बताउँदै निर्वाचनमा प्राप्त मतबाट अब एमालेले गठबन्धनलाई जित्नसक्छ भन्ने मनोविज्ञान जनतामा विकास भइसकेको बताए । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १०:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया