आफूमाथि लागेको यौन उत्पीडनको आरोपबारे के भने राजकुमार हिरानीले ?

एजेन्सी– ‘पिके’ तथा ‘मुन्ना भाइ एमबिबिएस’जस्ता चर्चित फिल्म बनाएका फिल्म निर्माता राजकुमार हिरानीविरुद्ध एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी छिन् ।

‘संजू’ फिल्ममा हिरानीसँग काम गरेकी यी महिलाले एउटा वेबसाइटमा लेखेको लेखमा हिरानीमाथि आरोप लगाएकी हुन् । उनले लेखमा आफूलाई हिरानीको सहयोगी भएको पनि बताएकी छिन् । 

ती महिलाको आरोप हो– मार्चदेखि सेप्टेम्बर २०१८ बीच हिरानीले उनीमाथि बारम्बार यौन दुव्र्यवहार गरेका थिए । अर्कोतिर हिरानीले यी आरोपलाई अस्वीकार गरेका छन् । उनले आफूमाथि लागेका आरोप आफ्नो छवि बिगार्न भएको बताएका छन् । 

हिरानीले एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘जब लगभग दुई महिना पहिले मलाई यी आरोप लागेका छन् भन्ने थाहा भयो, म स्तब्ध भएँ । मैले तत्काल यो कुरा कुनै कानुनी कमिटी तथा संस्थामा लैजान सल्लाह दिएँ । तर, मलाई आरोप लगाउनेले यो कुरा मिडियामा ल्याउने निर्णय गरिन् । म जोड दिएर भन्न चाहन्छु कि यो आरोप झुठो, द्वेषपूर्ण र मेरो छवि धुमिल पार्न चाहने कुरामा केन्द्रित छन् ।’

हिरानीका वकिल आनन्द देसाईले आरोपलाई अस्वीकार गर्दै गलत भएको संज्ञा दिएका छन् । 

त्यसो त यसभन्दा पहिले पनि बलिउडमा अन्य कलाकारमाथि यस्ता आरोप लागिसकेका थिए ।



गत वर्ष तनुश्री दत्तले नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।



  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ०:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया