माघ १९ मा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको दोस्रो महाधिवेशन

काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको दोस्रो महाधिवेशन माघ १९ गते ललितपुरको गोदावरीमा हुने भएको छ । यसअघि मञ्चले पुस २८ गतेका लागि महाधिवेशतन तय गरेको थियो ।  मञ्चले आगामी नयाँ नेतृत्त्व र  योजनाका लागि महाधिवेशन गर्न लागेको हो ।  

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष छनोट हुने छन् । यो निर्वाचन प्रक्रियाद्वारा छनोट गरिने छ । वरिष्ठ उपाध्यक्षका लागि मञ्चको चुनावी मैदानमा आनन्द सागर रसाइली र खेम तिरुवा छन् । अध्यक्षका लागि भने यसअघि नै वर्तमान अध्यक्ष गणेशप्रसाद लकान्द्री नै निर्विरोध छनोट भईुसकेका छन् ।  

मञ्चको महाधिवेशनबाट नेपाल सुनचाँदी व्यवसायी मञ्चलाई अगाडि बढाउनका लागि आगामी कार्ययोजना पनि तय गरिने छ । सुनचाँदी व्यवसायको क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउन र देशव्यापी रूपमा रहेका संगठनहरूलाई एकीकृत बनाएर अगाडि बढ्ने कार्यदिशा पनि महाधिवेशनबाट हुनेछ । सुनचाँदीको क्षेत्रलाई राज्यले अनुत्पादित क्षेत्र भनेर आरोप लगाए पनि यसलाई उत्पादित क्षेत्र हो भनेर प्रस्ट पार्ने कार्य गरिने छ ।  
 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १०:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया