सुनको भाउ ६ वर्षयताकै उच्च बिन्दुमा

काठमाडौं– विवाहको मौसम सुरु भएसँगै नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबार सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ६० हजार ६ सयमा कारोबार भएको सुनको भाउ मंगलबार ४ सय रुपैयाँ बढेर प्रतितोला ६१ हजार रुपैयाँ पुगेको हो ।

पुस महिनाभर ५८ देखि ६० हजारको बीचमा रहेको सुनको भाउ माघ लागेसँगै हृवात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यका अनुसार यसअघि ०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँसम्म पुगेकोमा त्यसपछि घटेर ४७ हजार ७ सय मा झरेको थियो ।

अमेरिकी डलर कमजोर हुँदै जाँदा सुनको मूल्य बढेको व्यवसायीको भनाइ छ । महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँ बढेर ६० हजार ७ सयमा कारोबार भइरहेको छ । 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । सोमबार ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १५:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया