नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । अहिले उनले ओलीसँग छलफल गरिरहेका छन् । पार्टी घोषणापछि वामदेवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
जसअनुसार आज वामदेवले ओलीसँग भेटघाट गरेका उनका पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । ‘हिजो पनि केही नेतासँग गृहकार्य भएको थियो । अहिले एमाले अध्यक्ष ओलीसँग भेट्न बालकोट जानुभएको छ, वार्ता जारी छ,’ पाण्डेले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।