मधेस प्रदेश सरकारले सहिद परिवारलाई मासिक २१ हजार रुपैयाँ दिने

मधेस प्रदेश सरकारले मधेस आन्दोलन र जनयुद्धका सहिद परिवारलाई भरणपोषणबापत मासिक २१ हजार रुपैयाँ दिने भएको छ ।

गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले सहिद परिवारलाई भरणपोषणबापत सो रकम दिन लागेको हो ।

त्यस्तै, सहिदका छोराछोरीलाई समेत निःशुल्क पठनपाठनका लागि छात्रवृत्ति दिन लागेको प्रतिष्ठानले जनाएको छ ।

भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा सहिद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखेर मासिक अधिकतम २१ हजार रुपैयाँका दरले दिने प्रतिष्ठानले निर्णय गरेको हो । 

सहिदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने भएको छ । भरणपोषण तथा छात्रवृत्तिका लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन सहिद परिवारलाई आह्वान गरेको थियो ।

यस्तो सुविधा मधेस आन्दोलन र जनयुद्धमा सहिद भई नेपाल सरकारबाट समेत सहिद घोषणा भएकाको परिवारले मात्र पाउनेछन् ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १८:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया