काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गरेर विगत ९ दिनदेखि इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको छ । उनको स्वास्थ्य निकै असहज बन्दै गएपछि नागरिक समाजले उनलाई काठमाडौं ल्याउन पहल सुरु भएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गए पनि सरकारले बेवास्ता गरेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा र पूर्वसभामुख दमननाथ ढुंगाना आज नै इलाम प्रस्थान गर्ने भएका छन् ।
डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्नका लागि उनीहरू त्यसतर्फ जान लागेका हुन् । डा. केसीले काठमाडौं आउने सहमति जनाएको खण्डमा उनलाई आजै काठमाडौं ल्याइने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।