रुसले सबै युक्रेनीलाई आफ्नो देशको नागरिकता वितरण गर्ने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिकता दिने आदेशमा हस्ताक्षरसमेत गरेसँगै अब युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता वितरण गरिने भएको हो ।
पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका बीबीसीले लेखेको छ । यो आदेश रुसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ ।
यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।