\
बागमती प्रदेशको प्रदेशसभा बैठक आगामी बिहीबार, ५ साउनमा बस्ने भएको छ । प्रदेश सचिवालयका अनुसार बागमती प्रदेशसभाको चालु १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार बस्न लागेको हो ।
बागमती प्रदेश सभा, कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले २६ औँ बैठक साउन ५ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको प्रदेश सचिवालयले जनाएको छ । यसअघि २९ असारमा बसेको प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गर्दै बैठक अनिश्चित कालका लागि स्थगन भएको थियो ।
२९ गतेको बैठकले बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।