सांसद धामीको प्रश्न- भुटानमा सन्तान जन्मेपछि मात्र बाबुआमालाई नागरिकता, यहाँ आउनेबित्तिकै किन?

नेकपा एमालेका सांसद नरबहादुर धामीले नागरिकता विधेयक फास्ट ट्रयाक पारित गराउन नहुने भन्दै पुनः संसदीय समितिमा पठाउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि दफाबार छलफल गर्दै धामीले भू–राजनीतिक अवस्थाका कारण पनि नागरिकता विधेयकलाई ‘फास्ट ट्रयाक’ पारित गराउन नहुने तर्क गरेका छन् ।

उनका अनुसार भुटानमा सन्तानले नागरिकता पाइसकेपछि मात्र बाबुआमाले नागरिकता पाउने प्रावधान भएको नजिरलाई ख्याल गनुपर्ने धामीको प्रस्ताव छ ।

 ‘नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिइने भन्ने संसदीय समितिमा सहमति भएको थियो, सरकारले त्यो विधेयक पारित गराउन प्रयास नगरेर अहिले किन त्यो व्यवस्था हटाएर नयाँ विधेयक ल्याइयो?,’ धामीले प्रश्न गरेका छन्, ‘त्यसैले यो विधेयकलाई आजै नै पारित नगरेर संसदीय समितिमा फिर्ता पठाइयोस् ।’ 

नागरिकता जस्तो संवेदनशील विषयलाई हचुवाको भरमा पारित नगर्न उनले माग पनि गरेका छन् ।  





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १४:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया