ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एकजनाको मृत्यु

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउँसो राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा भरतपुरबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदैगरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीया रमिता तामाङको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमान् सुशील कुँवरले चलाएको स्कुटरमा सवार रमिताको मृत्यु भएको र उनका श्रीमानको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १८:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया