एन्फा अध्यक्ष नेम्वाङको प्रमुख सल्लाहकारमा पाँडे, प्रवक्तामा शाह

अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्यसमिति बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाँडेलाई हटाएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले पहिलो कार्यसमिति बैठकबाट नियुक्त भएका पाँडेलाई पदमुक्त गर्दै अध्यक्ष पंकजविक्रम नेम्वाङको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ ।

यस्तै, एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यबाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ । वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यबाहक प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो । 

यस्तै एन्फाले यु–१८ ललित स्मृति प्रतियोगिता, ए बी सी डिभिजन लिगको मिति तय गरेको छ । 

यस्तै, एन्फाको प्रवक्तामा सुरेश शाह नियुक्त भएका छन् । मानार्थ अध्यक्षमा  पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र मानार्थ वरिष्ठ उपाध्यक्षमा किशोर राईलाई नियुक्त गरेको छ ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार २१:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया