ज्येष्ठ नागरिकमन्त्री रेग्मीको आह्वान : स्वदेशमा उत्पादित वस्तु उपयोग गरौँ

‘१९ औं डाबर बाटिका तीज फेस्टिभल सृजनशील महिला उद्यमी मेला–२०७९’ सुरु भएको छ ।

शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बर्ल्ड ट्रेड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको सो मेलाको शुभारम्भ गरेकी हुन् । 

महिला सृजनशील केन्द्रले महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राइजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताए । 

पाँच दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु वस्तुको बिक्री वितरण गरिनेछ । महिला उद्यमीले उत्पादन गरेका घरेलु वस्तुको प्रवर्द्धन गरी उनीहरूलाई वित्तीय पहुँच बढाउन पनि मेला उपयोगी हुने केसीले विश्वास व्यक्त गरे ।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले स्वदेशमा उत्पादित वस्तुको उपयोग गर्न आम उपभोक्तालाई आह्वान गरिन् । सो मेलाको अवलोकन गरेपछि उनले सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै महिला दिदी-बहिनीले गुणस्तरीय वस्तु उत्पादन गरेको पाइएको उल्लेख गर्दै विदेशी वस्तुभन्दा स्वदेशमै उत्पादन भएका वस्तुको उपयोग गर्न सबैलाई आग्रह गरिन् । 

मन्त्री रेग्मीले महिला दिदीबहिनीले संचालन गरेका उद्यममा उत्पादित सामान गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचेअनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता औंल्याए ।



मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला आदि प्रदर्शन गरिएको छ । पाँच दिनसम्म चल्ने मेलामा करिब १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको पनि मेला व्यवस्थापक संस्था राइजिङ नेपाल प्रालिले जनाएको छ ।



  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १७:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया