ई–सेवाको कारोबारमा वृद्धि

काठमाडौं– इन्टरनेट सेवा अर्थात्  ई–सेवाबाट आर्थिक कारोबार गर्नेको संख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक ई–सेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित ई–सेवा प्रालिका अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् ।

कम्पनीका अध्यक्ष विश्वास ढकालले ई–सेवाको देशभर ४५ हजार एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेको बताए । ई–सेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या करिब १० लाख पुगेको छ । 

ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट, स्कुल कलेजको शुल्कलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । 

ई–सेवामा हाल ४९ बैंक तथा वित्तीय संस्था सदस्य छन् । बैंकबाट ई–सेवामा सहजै रकम पठाउन तथा ई–सेवाबाट बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक उक्त प्रालि दसौँ वर्षमा प्रवेश गरेको छ । प्रालिले सन् २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको थियो । 

ई–सेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने यो सेवाले एक दशकको अवधिमा ठूलो फड्को मारेको ई–सेवा सूचना तथा सञ्चार शाखाका प्रतिनिधि माधव पाण्डेले बताए । 





  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १७:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया