५९ करोड भ्रष्टाचार अभियोग लागेका सिक्टाका प्रमुख इन्जिनियरसँग विशेषले माग्यो ८० लाख धरौटी

काठमाडौं– पूर्वमन्त्री विक्रम पाण्डेसँगै भ्रष्टाचार मुद्दामा तानिएका सिक्टा सिँचाइ आयोजनाका प्रमुख इन्जिनियर सरोज पण्डितसँग विशेष अदालतले ८० लाख धरौटी माग गरेको छ। 

विशेष अदालतमा आइतबार हाजिर भएका पण्डितलाई विशेष अदालतले धरौटी मागी तारेखमा छाड्न लागेको हो । पण्डित बैंकलाई जमानत राखेर तारिखमा बस्ने तयारीमा छन् । 

सिक्टा आयोजनामा २ अर्ब १३ करोड भ्रष्टाचार भएको ठहरसहित पूर्वमन्त्री पाण्डेसँगै पण्डितलगायत २१ जनालाई प्रतिवादी कायम गरी अख्तियारले मुद्दा दायर गरेको थियो । पण्डितमाथि ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको आरोप छ ।

कमसल सामग्री प्रयोग गरी आयोजना अलपत्र पारेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनपछि मुद्दा चलाएको हो ।





  • प्रकाशित मिति : माघ १३, २०७५ आइतबार १७:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया