कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
नेवा समुदायको आस्थामाथि चोट पुर्याएको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।
आफ्नो समुदायको अवस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै शनिबार नेवा समुदायका अभियन्ताले सिंहविरुद्ध उजुरी दिएका हुन् ।
सिंहले नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप लगाउँदै ८५ जनाले उजुरी दिएका हुन् । उजुरीमा मतियार बनेकालाई पनि कारबाही माग गरिएको छ । प्रहरीले आज शनिबार भएकाले उजुरी दर्ता नगरेको बताएको छ ।
यता, कमेडियन सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत माफीसमेत मागेका छन् । उनले आफ्नो उद्देश्य कसैलाई चोट पुर्याउने नरहेको बताएका छन् ।
विरोध भएपछि कमेडी क्याफेको युट्युब च्यानलमार्फत ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको उक्त भिडियो हटाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।