भारतको नयाँ प्रधानन्यायाधीशमा उदय उमेश ललित नियुक्त भएका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन् ।
ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा सपथ खुवाएका हुन् । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नु भएको छ ।
उनी सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहनेछ । झण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र मुद्दालाई छिटो टुंग्याउने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।