बार्सिलोनाका फ्रेन्च डिफेन्डर कुन्डे ला लिगामा दर्ता

स्पेनिस क्लब बार्सिलोनाका फ्रेन्च डिफेन्डर जुलेस कुन्डे स्पेनिस ला लिगामा दर्ता भएका छन् । कुन्डे यसै समरमा अर्को स्पेनसि क्लब सेभियाबाट बार्सिलोना भित्रिएका हुन् ।

तर, फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले उनलाई दर्ता गर्न सकेको थिएन । दर्ता भएसँगै कुन्डे भालाडोलिटविरुद्ध आज हुने खेलमा उपलब्ध हुने छन् । २३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन् ।

सेन्टर ब्याक कुन्डे सन् २०१९ मा फ्रेन्च क्लब बोर्डूअक्सबाट सेभिया आएका थिए । स्पेनिस क्लबमा रहँदा  उनले युरोपा लिगको उपाधि जिते । उनले  फ्रान्सका लागि ११ खेल खेलिसकेका छन् । 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १०:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया