समाजवादीसँग एकताको तयारी गर्दैछौँ, चुनावमा घोषणापत्र एउटै हुनेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकताको तयारी भइरहेको बताएका छन् । पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका उनले शुक्रबार बिहान आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौँ’, प्रचण्डले भने । उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी भइरहेको पनि बताए ।  

‘हाम्रो र एकीकृत समाजवादीको घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइराख्या छ । चुनाव चिह्न भने आ–आफ्नै हुनेछ,’ प्रचण्डले भने । उनले एमालेसँग तत्काल सहकार्य नहुने बताए । प्रचण्डले एमालेले विगतका काम कारबाहीको आत्मसमीक्षा गर्नुपर्ने बताए ।

‘एमालेसँग कतै सहकार्य हुने सम्भावना देखिएको छैन । विगतका कामकारबाहीहरूको आत्मसमिक्षा नभई विघटन प्रतिगमनको कुरा स्पष्ट नभएसम्म त्यो सम्भावना देखा पर्दैन,’ उनले भने ।

अर्को प्रसंगमा प्रचण्डले सत्तारुढ गठबन्धनभित्र प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउनेगरी सहमति भएको पनि दाबी गरे । संख्यामात्र नभई प्रदेश र क्षेत्रसमेत एकैपटक टुंगोमा पुर्‍याउने गरी अघि बढेको उनको भनाइ छ ।   





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ११:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया