ब्रेक्जिटः
संशोधित सम्झौतामा प्रधानमन्त्री थेरेसालाई संसदको समर्थन

एजेन्सी– युरोपियन युनियनसँग २०१८ को नोभेम्बरमा भएको सम्झौतामा फेरि वार्ता गर्ने योजनाका लागि बेलायती प्रधानमन्त्री थेरेसा मेले संसदमा समर्थन पाएकी छन् । 

कन्जरभेटिभ पार्टीका सांसद ग्राहम ब्रेडीको प्रस्तावमाथि भएको मतदानमा प्रधानमन्त्रीको समर्थनमा १६ भोट बढी खसेका थिए। 

बेलायत युरोपियन युनियनबाट अलग हुने समय नजिकिदै गरेपनि स्पष्ट वेको अभाव छ । 

प्रधानमन्त्री थेरेसा मेको मुल सम्झौता संसदबाट पारित भएको थिएन् । लेबर पार्टीले उनीमाथि राखेको अविश्वासको प्रस्ताव भने उनले जितेकी थिइन् । 

थेरेसा मे सांसदलाई युरोपियन युनियनसँगको सम्झौताका लागि फेरि एक मौका दिन आग्रह गरेकी थिइन् । जसका लागि सांसदले उनलाई फेरि एक पटक अवसर दिएका हु्न् । 

प्रधानमन्त्री मेका अनुसार युरोपियन युनियनसँगको वार्तापछि संशोधित सम्झौता छिटो भन्दा छिटो मतदानका लागि संसदको तल्लो सदनमा पेश गरिने छ । 



संसदले विना सम्झौता युरोपियन युनियनबाट अलग हुने गरी ल्याएको संशोधन पारित गरेका थिए । अब युरोपियन युनियनबाट बेलायत २९ मार्च मै अलग हुनुपर्छ भन्ने छैन् । 

लेबर पार्टीका नेता जेरेमी कोर्बिनका अनुसार प्रधानमन्त्रीसँग मिलेर अहिलेको अवस्थाको बारेमा छलफल गर्ने बताएका छन् । 



बेलायतीहरुले जनमत संग्रहमा युरोपियन युनियनबाट अलग हुने फैसला गरेका थिए । सम्झौताअनुसार बेलायत मार्चको अन्तिमदेखि युरोपियन युनियनबाट अलग हुनुपर्छ । प्रधानमन्त्री थेरेसा मे युरोपियन युनियनसँग सम्झौता गरेर मात्र अलग हुन चाहन्छिन् । 

सम्झौता संशोधन गर्ने प्रस्तावमा संसदको समर्थन मिलेपनि युरोपियन युनियनले बेलायती प्रधानमन्त्रीसँग भएको सम्झौता परिवर्तन नगर्ने बताएको छ । युरोपियन युनियनका अध्यक्ष डोनल्ड टस्कले बेलायतसँग तय भएको सम्झौतामा फेरि वार्ता नगर्ने र अहिलेको अवस्थाबाट नै बेलायत अलग हुनुपर्ने बताएका छन् । 
 

  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार ८:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया