लिग सकिएको ६ महिनापछि पुरस्कार रकम वितरण

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  सहिद स्मारक ‘ए’ डिभिजन लिग र ‘बी’ डिभिजन लिगका क्लबहरूलाई पुरस्कार रकम प्रदान गरेको छ ।

एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टोलीलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको हो ।

यसअघि लिग सकिएको लामो समयसम्म पनि पुरस्कार नदिएको भन्दै एन्फाले चर्को आलोचना खेप्नु परेको थियो । एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको ५ महिनापछि पुरस्कार रकम वितरण गरेको छ ।

एन्फाले ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका सुनिल बल, उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ र इमर्जिङ प्लेयर चुनिएका दीनेश हेन्जनलाई पनि पुरस्कार रकम दिएको हो ।

यस्तै, एन्फाले ‘बी’ डिभिजन लिगको पनि लिग विजेता, उपविजेतासँगै ‘म्यान अफ दी म्याच’ र व्यक्तिगत पुरस्कार प्रदान गरेको छ ।





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १३:५३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया