विद्यालय नाटक महोत्सवमा सुसंस्कृतम् मञ्चन

विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको आठौँ दिन सुसंस्कृतम् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको श्री लक्ष्मीनारायण वेद विद्याश्रमले संस्कृत र नेपाली भाषामा नाटक मञ्चन गरेको हो । 

डा. यतिराजाचार्यद्वारा लिखित तथा राजन पोखरेलद्वारा निर्देशित उक्त नाटकले संस्कृत भाषाको विशाल परिधिका साथसाथै पूर्वीय दर्शनको महत्वलाई देखाएको थियो । 

नाटकमा गणेश ओझा, मिलन मिश्र, राजन पोखरेल, उज्ज्वल पोखरेल, मनसुन गजुरेल, कमल काफ्ले, छवि लामिछाने, माधव रिजाल, मुकुन्द प्रसाद लगायतको अभिनय थियो । 

भदौ ३१ गतेसम्म चल्ने नाट्य महोत्सवमा भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ ।

दैनिक अपराह्न ४ बजे फरक–फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो ।
 
यसअघि आयोजकले उद्घाटनको दिन साँढे मञ्चन गरेपछि विभिन्न विद्यालयहरुले उद्धारकर्ता विवेक, अँधेरी नगरी, प्रत्यागमन, चोर, भविष्य निर्माण र कोही किन बर्बाद होस् मञ्चन गरिसकेका छन् । 

सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रंगमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । 



 

 



  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १९:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया