\
बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) ले नेपालमा सम्पन्न छैटौं महिला साफ च्याम्पियनसिप विजेता बंगलादेशी महिला फुटबल टोलीलाई ५० लाख टाका पुरस्कार दिने घोषणा गरेको छ। बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले महिला फुटबलरहरूको सफलताको प्रशंसा गर्दै पुरस्कारको घोषणा गरेका छन्।
‘महिला फुटबल टोलीले आफ्नो असाधारण प्रदर्शन र ऐतिहासिक उपलब्धिले सिंगो राष्ट्रलाई गौरवान्वित गरेको छ। उनीहरूको प्रयासको लागि प्रशंसा र समर्थनको प्रतीकको रूपमा म बिसीबीको तर्फबाट सम्पूर्ण टोलीलाई ५० लाख टाका पुरस्कार दिने घोषणा गर्दछु । मलाई कुनै शङ्का छैन कि साफको विजयले देशभरका खेलाडीहरू र महिलाहरूलाई र खेलकुद टोलीहरूलाई सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय गौरवको लागि प्रयास गर्न धेरै प्रेरित गर्नेछ,’ बिसीबीका अध्यक्षको भनाइलाई उल्लेख गर्दै बंगलादेशी संचारमाध्यमले लेखेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले पहिलो पटक साफ उपाधि जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।