काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाउँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाउने भएको छ । महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर, फार्मेसी सञ्चालकले तत्काल हटाउन नसकिने जवाफ दिएका थिए । 

महानगरका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैंले हटाउने जानकारी गराइएको छ । ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्साविपरीत  रहेका औषधि पसल हटाइने पाण्डेले जानकारी दिए ।

केही साता अघिदेखि काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान सुरु गरेको थियो । योबीचमा महानगरपालिकाले विभिन्न ठाउँका अवैध संरचना हटाएको छ ।  





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार ७:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया