ब्राइटनसँग बराबरीमा राेकियाे लिभरपुल

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । लिभरपुल घरेलु मैदान एनफिल्डमा ब्राइटनसँग ३-३ को बराबरीमा राेकिएकाे हो । 

लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गर्दा एक गोल आत्मघाती उपहार प्राप्त भयाे । ब्राइटनका लिन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरे । खेलको चौथो मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टाेलीलाई २-० ले अघि बढाए । ३३ औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि खेल २-१ को स्थितिमा आयो । ५४ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-२ को बराबरीमा ल्याए ।

६३ औं मिनेटमा ब्राइटनका एडम वेब्स्टरले आत्मघाती गोल गरेपछि लिभरपुल ३-२ ले अघि बढ्याे । ८३ औं मिनेटमा ट्रोसार्डले ह्याट्रिक पूरा गर्दै ब्राइटनलाई ३-३ गोलको बराबरीमा ल्याए ।

याे नतिजासँगै ७ खेलमा १० अंक जाेडेकाे लिभरपुुल नवाैं स्थानमा रहँदा ब्राइटन समान खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ । लिगअन्तर्गतकै अर्काे खेलमा बर्नमाउथ ब्रेन्टफाेर्डसँग गाेलरहित बराबरीमा राेकिएकाे छ ।





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार ७:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया