एसी मिलानको रोमाञ्चक जित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिकाे खेलमा एसी मिलानले जित हात पारेकाे छ । उसले घरेलु टाेली भिराेनाविरुद्व २-१ काे राेमाञ्चक जित हात पारेकाे हाे ।

मार्केन्टाेनियाे बेन्टेगाेडी स्टेडियममा खेलकाे नवाैं मिनेटमा मिगुएल  भेलाेसाेकाे आत्मघाती गाेलमार्फत मिलानले सुरूवाती अग्रता लिएकाे थियाे ।

१९ औं मिनेटमा काेरी गन्टरले भिराेनालाइ १-१ काे बराबरीमा ल्याए । ८१ औं मिनेटमा स्यान्ड्रो टोनालीले गाेल गरेपछि मिलानले २-१ काे राेमाञ्चक जित निकाल्याे ।

याे जितसँगै १० खेलमा २३ अंक जाेडेकाे मिलान तेस्रो स्थानमा रहँदा पराजित भिराेना समान खेलबाट ५ अंकका साथ १८औं स्थानमा छ। लिगअन्तर्गत अन्तर्गकै अन्य खेलमा इन्टर मिलान र नापाेलीले पनि जित हात पर्दा लाजियाे र स्पेजिया भने बराबरीमा राेकिएका छन् । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार ८:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया