चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ

ली चियाङ  चीनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय कमिटीले दोस्रो नेताको रूपमा चयन गरेको थियो ।

योसँगै चियाङ चीनको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्न लागेका हुन् ।

पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् । उनले प्रविधि र आर्थिक विकासमा उदाहरणीय काम गरेका छन् । सात सदस्यीय पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा झाउ लेजी, वाङ हुनिङ, काई ची, डिङ सुइसिङ र ली सीको चयन भएको छ । 

आइतबार बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले ५ वर्षसम्मका नयाँ सहकर्मीको परिचय गरेका थिए ।

पार्टीको २० औं महाधिवेशनमाले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।  





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार १०:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया