पञ्चाङ्ग निर्णायक विकास समितिका लागि सातजनाको दरबन्दी स्वीकृत

नेपाल सरकारले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका लागि सातजनाको दरबन्दी स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्ले समितिका लागि सातजनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्ले वि.सं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश १८ साउन २०७८ मा नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आएका हो ।

गठन आदेश कार्यान्वयनका लागि समितिमा सातजनाको दरबन्दी स्वीकृत भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । जसअनुसार कार्यालय प्रमुखका रूपमा कार्यकारी निर्देशकले काम गर्ने उल्लेख छ । कार्यकारी निर्देशकले समितिको सदस्यसचिवका रूपमा समेत काम गर्ने व्यवस्था गठन आदेशमा छ ।

समितिमा पञ्चाङ्ग अधिकृत एक, वरिष्ठ कम्प्युटर सहायक (नायब सुब्बा) एक, प्रशासन सहायक (खरिदार) एक, लेखापाल (खरिदार) एक, कार्यालय सहयोगी र चालक एक/एक गरी सातजनाको दरबन्दी कायम हुने भएको हो । 

गठन आदेशले तोकेका सबै काम गर्न यो जनशक्ति कम हुने भए पनि अहिलेलाई यही जनशक्तिले काम चलाउनुपर्ने भएको छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १३:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया