\
नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।
एमालेबाट इलाम क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार नेम्वाङले मंसिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी गरेका हुन् ।
इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने दाबी गरे ।
नेम्वाङ हाल इलाम क्षेत्र नं २ मा मत माग्न घरदैलो तथा चुनावीसभामा व्यस्त छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।