बिहीबार पनि सेयर बजारकाे ओरालो यात्रा कायमै

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेकाे छ । नेप्से १.२३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.१७ अंकले घटेर ३७२.३७ विन्दुमा झरेको छ । 

कूल २२६ वटा कम्पनीकाे ३१ लाख १४ हजार ६ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४ सय ११ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

त्यसैगरी, बिहीबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड २२ लाख ३५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज मन्दाकिनी हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ३.९२ प्रतिशतले बढेर ३ सय ३१ रूपैयाँ ५० पैसा पुगेकाे छ ।



यस दिन अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.९१ प्रतिशतले घटेर ३ सय ६४ रूपैयाँमा झरेकाे छ ।



  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १६:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया