‘राजनीतिक विज्ञापनको पारदर्शिता’का लागि फेसबुकले बदल्यो विज्ञापन–नीति

नयाँदिल्ली– भारतको लोकसभा चुनावलाई लक्ष गरी फेसबुकले आफ्नो प्लेटफर्ममा देखिने राजनीतिक विज्ञापनको तरिकामा बदलाब ल्याएको छ । ‘राजनीतिक विज्ञापनको पारदर्शिता’का लागि विज्ञापन–नीतिमा सुधार गरिएको फेसबुकले जनाएको छ । 

अब फेसबुक प्रयोगकर्ताले राजनीतिक विज्ञापनमा ‘पब्लिस्ड बाई’ र ‘पेड फर बाई’ डिस्क्लेमरमार्फत ‘विज्ञापन कसले प्रकाशन गर्यो र कसले यसको रकम भुक्तान गर्यो,’ हेर्न सक्नेछन् । 

यसका अतिरिक्त फेसबुक एक ‘एड लाइब्रेरी’माथि काम गर्दै छ, जसबाट प्रयोगकर्ताले राजनीतिक विज्ञापनबारे अझ बढी जानकारी लिन सक्नेछन् । यसमा इम्प्रेसन्स रेन्ज, खर्च र विज्ञापन हेर्ने युजरबारे जानकारी राखिनेछ । 

ठूला पेज सञ्चालकले आफ्ने लोकेसन कम्फर्म गर्नुपर्ने हुन्छ । प्रयोगकर्ता विज्ञापन गर्ने पेज सञ्चालकको ‘कन्ट्री लोकेसन’ देख्न सक्छन् । यसले पेज कहाँको हो र कहाँको मानिसले यो चलाइरहेछ भन्ने थाहा हुन्छ । 

न्युजफिडमा कुनै डिस्क्लेमरविनै चल्ने राजनीतिक विज्ञापन एड लाइब्रेरीमा राखिनेछन् । फेसबुकका अनुसार यो फिचर २१ फेब्रुअरीसम्म सञ्चालनमा आइसक्नेछ । 

‘हाम्रो सिस्टम हरेक राजनीतिक विज्ञापनलाई पक्रन समर्थ छैन । यस्तोमा प्रयोगकर्ताको रिपोर्ट निकै महत्वपूर्ण हुन्छ,’ फेसबुक भन्छ, ‘यदि कुनै युजरलाई यस्ता विज्ञापन मिल्छ, जसमा उनलाई लाग्छ कि यसमा डिस्क्लेमर हुनुपर्छ, त युजर एडको दायाँ भागमा दिइएको तीन डटमा क्लिक गरेर रिपोर्ट गर्न सक्छन् । उक्त एड राजनीतिसँग जोडिएको पाइए हामी त्यसलाई हटाएर लाइब्रेरीमा राखिदिन्छौँ ।’ 





  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार २०:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया