भक्तपुरमा ट्या‌कंरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना घाइते

भक्तपुरमा मोटरसाइकल र ट्याङ्कर आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा  एकजना घाइते भएका छन् । ​

गएराति भक्तपुर नगरपालिका–१ नगरकोट मोडमा भएको दुर्घटनामा घाइते भएका भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल र बा ४ ख ४२ ६८ नम्बरको पानी ट्याङ्कर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुने साजन मोटरसाइकलका चालक हुन् । मोटरसाइकलमा रहेका झापाको बिर्तामोड नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर थिमी बस्ने २३ वर्षका अनिल साह घाइते भएका छन् । 

ट्याङ्करका चालक भक्तपुरको ब्यासीका २८ वर्षका प्रवीण सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार ७:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया