भारतका स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै अमेरिका

संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा १ करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । संघीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेस्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ ।  

इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनले भारतमा सेवा नपुगेका स्थानमा नेत्र परीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता विकास तथा महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीको प्रवद्र्धनमा लगानी गरिने ह्वाइट हाउसले बताएको छ ।

अमेरिका, इन्डोनेसिया र युरोपेली संघका नेताले इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा विश्वव्यापीरूपमा निम्न र मध्यम आय भएका देशमा गुणस्तरीय पूर्वाधारमा लगानी बढाउनुपर्ने तथा विश्वअर्थतन्त्रलाई पुनः गतिशील एवं सुदृढ तुल्याउनुपर्नेमा जोड दिएका छन् । 

शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बिडेन, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो, र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर लेनले अर्जेन्टिना, क्यानडा, फ्रान्स, जर्मनी, भारत, जापान, गणतन्त्र कोरिया, सेनेगल र संयुक्त अधिराज्यका मन्त्री तथा नेतासँग बेग्लाबेग्दै भेटेर साझा चासोका विश्वव्यापी मुद्दाका साथै पूर्वाधार निर्माणमा लगानी बढाउनेबारेमा विचारविमर्श गरेका थिए । 

ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्टमार्फत लगानी गर्ने बारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।   





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १३:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया