अल्बानियाविरुद्धको मैत्रीपूर्ण खेलमा इटाली विजयी

इटाली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली अल्बानियाविरुद्ध ३–१ ले विजयी भएको छ । आज बिहान एयर अल्बानिया स्टेडियममा भएको खेलमा इटालीलाई जित जिताउन भिन्चेन्जो ग्रिफोले दुई तथा जियोभानी डि लोरेन्जोले एक गोल गर्दा अल्बानियाका लागि अर्डियन इस्माजलीले एक गोल गरे ।

खेलको सुरुआती अग्रता भने घरेलु टोलीले लिएको थियो । १६ औं मिनेटमा इस्माजलीले अल्बानियालाई अग्रता  दिलाएका थिए । २० औं मिनेटमा डि लोरेन्जोले इटालीलाई १–१ को बराबरीमा ल्याए । 

२५ औं मिनेटमा ग्रिफोले गोल गर्दा पाहुना टोली २–१ ले अघि बढ्यो । ६४ औं मिनेटमा ग्रिफोले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३–१ को जित दिलाए ।





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार ८:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया