सुनसरीको विकासका लागि कार्कीको जित अपरिहार्य : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीका पक्षमा भोट माग्न सुनसरी पुगेका छन् ।
 
मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोइराला आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम छाडेर कार्कीलाई भोट माग्न पुगेका हुन् । सुनसरीको लौहकीमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै कोइरालाले कार्की सालिन र विकासप्रेमी नेता भएको टिप्पणी गरे । 

‘ज्ञानेन्द्रजीले यो क्षेत्रमा धेरै नै काम गर्नुभएको छ । उहाँ विकासप्रेमी मात्रै होइन, सालिन नेता पनि हुनुहुन्छ,’ कोइरालाले भने, ‘यो क्षेत्रले उहाँजस्तो नेता पाउनु गौरवको कुरा हो । अत्यधिक मतले विजय गराउनु होस् कार्कीले सुनसरीको विकास अझै धेरै गर्नुहुनेछ ।’ 

सम्बोधनका क्रममा कोइरालाले कार्कीलाई भोट दिन पटकपटक आग्रह गरे । कोइरालाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । 

कांग्रेसको नेतृत्वमा सबै राजनीतिक परिवर्तन भएको बताउँदै कोइरालाले भने, ‘अब कांग्रेसकै नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति र समृद्धिको हुनेछ । गठबन्धनले जिते मात्रै लोकतन्त्र बलियो हुने उनको भनाइ थियो । 

जनताले दुईतिहाइ बहुमत दिँदा पनि केपी शर्मा ओलीले देशको विकास र समृद्धि गर्न नसकेको टिप्पणी गर्दै उनले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा कांग्रेस नेतृत्वको आगामी सरकारले ध्यान दिने बताए ।

‘हामीले संविधान बनायौँ, धेरै राजनीतिक परिवर्तन गर्यौँ,’ कोइरालाले थपे, ‘अब सबैको ध्यान देशको आर्थिक समृद्धि गरेर बढीभन्दा बढी रोजगारी सिर्जना गर्नुपर्छ । देशलाई आर्थिक रुपमा अगाडि बढाउनुपर्छ । नेपाल विकासको गतिमा टेकअप गर्न बाँकी छ ।’
 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १७:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया