मिल्यो ‘गलबन्दी’ विवाद, शम्भुले नाम पाउने दाम नपाउने

काठमाडौं– छोटो समयमै चर्चा कमाउन सफल लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवाद टुंगो लागेको छ । गायक तथा सर्जक शम्भु राई र प्रकाश सपुतबीच यसबारे सहमति भएको छ ।

सो गीत बजारमा आएसँगै पुराना गायक शम्भु राईले गलबन्दीको लय आफ्नो पुरानो देउसी गीतसँग मिलेको दाबी गर्दै आएका थिए । शम्भु र प्रकाशको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा विभिन्न आरोप–प्रत्यारोप चलिरहेको थियो ।  

बुधबार विभिन्न संघसंस्थाको समन्वयमा दुई स्रष्टाबीच छलफल भई सहमतिमा पुगेका छन् । सहमतिअनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने भएको छ । 

दुई गायकबीच भएको सहमतिअनुसार गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने उल्लेख छ । सहमतिपछि अब शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति भएको छ । 






  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १६:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया