पुराना कांग्रेसहरु पुर्पुरोमा हात लाएर बसेका छन्, साँठगाँठ नगरि वडा पनि जित्दैनन ः ओली
फाइल तस्वीर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारकोजस्तो बेहाल अवस्था कुनै पनि कालमा नदेखिएको टिप्पणी गरेका छन् । बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

ओलीले भने, ‘हाम्रो पार्टी मात्र हो जसले उडेको बेलामा मात्र होइन जमिनमा पनि साना साना कुराहरु देखिरहेको हुन्छ । त्यसलाई भन्छ दूरदृष्टि ।’ साथै, उनले नेकपा एमालेको कालमा धेरै गहन अभिभारा भएको बताए । 

‘नेकपा एमालेको कालमा धेरै गहन अभिभारा छ । लडेर ल्याएको लोकतन्त्रको रक्षा सधारण कुरा होइन् । अहिले पनि लोकतन्त्रको रक्षा सारै महत्वपूर्ण र चुनौतीपूर्ण रहेको छ ।’ ओलीले भने । 

साथै, उनले अहिले बनेका मन्त्री देख्यो भने पनि नमस्ते गर्नुपर्ला भने लाजले उता फर्कने गरेको बताए । 

‘यता मन्त्री देख्यो भने नमस्ते गर्नुपर्ला भनेर मान्छे उता फर्कन्छ लाजले । सरकारको त कुरा गर्नु नै लाजमर्दो छ । यति बेहाल त, यस्ता मान्छे मैले कुनै कालमा पनि देखिँन,’ ओलीको भनाई थियो, ‘यति सारो बेहाल कुनै कालमा पनि देखिएन । ध्यान के मा छ ? देश बनाउने होइन, साँठगाँठ जोगाउने चुनावसम्म । साँठगाँठ नगरिकन त कुनै वडा जित्दैन कसैले ।’ 

जनतामा कुन पार्टीमा भोट हाल्ने भन्ने अन्यौल रहेको भन्दै ओलीले भने, ‘अहिले अरु त अरु कांग्रेस पनि पुर्पुरोमा हात लाएर बसेका छन् । के गर्नु उहिल्यै देखि लागियो, भोट के मा हाल्ने ? पेन्सिलमा हाल्ने कि ? डटपेनमा हाल्ने कि ? गोलाकारभित्रको हँसिया हथौडामा हाल्ने कि ? रुखमा हाल्ने कि ?’






  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया